युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री अधिकारी सम्मानित


नुवाकोट, १४ असोज (Sports for Nepal) — नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा नेपाली तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री जगन अधिकारी सम्मानित भएका छन । 

शनिबार नुवाकोट विदुरमा आयोजित समारोहकाबीच सम्मानित अधिकारीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान-पत्रले सम्मान गरेका हुन् ।

समारोहमा नेपाली तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री,  तथा संयुक्त अरब इमिरेट्स (युएइ)मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम राखएकोमा विदुर नगरपालिका-८ निवासी जगन अधिकारीलाई सम्मान गरेको छ ।

नुवाकोट तेक्वान्दो डोजाङबाट बि.स. २०६० सालमा खेल जिवन सुरु गरी जिल्ला हुदै राष्ट्रिय स्तर सम्म खेल खेली बि.स २०६३ सालमा तेक्वान्दो प्रशिक्षक बनी बि.स २०६६ सालमा राष्ट्रिय रेफ्री हुन सफल भई प्रगतीको पथमा लम्कदै हाल आएर बि.स. २०७८ सालबाट युएईमा पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री बन्न सफल भई देश र जिल्लाको नाम बिदेशी भुमिमा राख्न सफल अधिकारीको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले जानकारी दिए ।

सोही समारोहमा लोकगायक स्रस्टा बलराम अधिकारीलाई पनि सम्मान गरेको थियो। साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कार विरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत संगित कामर्मज्ञ गायक खतिवडा सम्मानित भएका हुन।

दुप्चेश्वर गाउँपालिकाका निवासी स्रस्टा अधिकारीका “पिरतीको पिरले मनै…” बोलको लोकगीत प्रख्यात छन्।