२६ असोज, काठमाडौं । (आईपीएल)मा दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएका छन् ।
आइतबार राति अबुधावीमा भएको खेलमा दिल्लीलाई पराजित गरेपछि मुम्बई ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
समान खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा झरेको दिल्लीले सिजनमा दोस्रो हार बेहोर्यो।
पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६४ रन जोड्यो। दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन जोडेका थिए।
ओपनर पृथ्वी शाह ४ रनमा आउट हुँदा अजिन्का राहाणेले १५ रन मात्र बटुल्न सके। त्यसपछि कप्तान श्रेयर इयरले ४२ रन जोड्दा मार्कोस स्टोइनिस १३ रनमा रनआउट भए। एलेक्स क्यारीले नटआउट १४ रन जोडे।
बलिङमा मुम्बईका क्रुनाल पाण्ड्याले २ विकेट लिए। ट्रेन्ट बोल्टको नाममा १ विकेट रह्यो।
१६३ रनको लक्ष्य मुम्बईले २ बल खेल्न बाँकी छदा पाँच विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर तथा कप्तान रोहित शर्मा ५ रनमा आउट भए पनि क्वान्टन डि कक र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे।
दुवैले ५३-५३ रन जोडे। ककले ३६ बलमा ४ चौका र ३ छक्का तथा सूर्यकुमारले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए।
इशान किसनले २८ रन जोडे भने केइरन पोलार्डले नटआउट ११ रन र केइरन पोलार्डले नटआउट १२ रन जोडे।
बलिङमा दिल्लीका कागिसो रबडाले २ विकेट लिए। अक्षर पटेल, रविचन्द्रन आश्विन र स्टोइनिसले १-१ विकेट लिए।
आइपिएलमा सोमबार रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ।
प्रकाशित मिति २०७७ असोज २६ ,सोमबार
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts:
विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बुलाई रजत पदक
- 3 months ago
इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट
- 7 months ago
इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु
- 8 months ago