२६ असोज, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकतालाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाउन सफल भयो।
राम्रो सुरुवात गरेको बैंग्लोरले पहिलो विकेटका लागि आरोन फिन्च र देबदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । उनेले २३ बल चार चौका र एक छक्का प्रहार गरे ।
लगतै फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बैंग्लोरको स्कोर ९४ रन भएको थियो । कप्तान कोहली र एबीडिभिलियर्सले १०० रनको अभिजित साझेदारी गरेको बैंग्लोरले कोलकतालाई चुनौतीपूर्ण लक्ष्य दिएका छन । कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बलमा ६ छक्का र पाँच चौका सहित ७३ रन बनाए ।
कोलकताका आन्द्रे रसेल र प्रसिद्ध कृष्णले एक एक विकेट लिए ।