आईपीएल : बैंग्लोरको रोमाञ्चक जित, कोलकातालाई ८२ रनले हरायो


२६ असोज, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीलको सोमबार बेलुका भएको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरले कोलकातालाई ८२ रनले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाउन सफल भयो।

 राम्रो सुरुवात गरेको बैंग्लोरले पहिलो विकेटका लागि आरोन फिन्च र देबदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । उनेले २३ बल  चार चौका र एक छक्का प्रहार गरे ।

लगतै फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बैंग्लोरको स्कोर ९४ रन भएको थियो । कप्तान कोहली र एबीडिभिलियर्सले १०० रनको अभिजित साझेदारी गरेको बैंग्लोरले कोलकतालाई चुनौतीपूर्ण लक्ष्य दिएका छन । कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बलमा ६ छक्का र पाँच चौका सहित ७३ रन बनाए । कोलकताका आन्द्रे रसेल र प्रसिद्ध कृष्णले एक एक विकेट लिए । 

१९५ रन पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा सिमित रह्यो। खराब सुरुवात गरेको कोलकाताले २३ रनमा पहिलो विकेट गुमाउन पुग्यो । त्यसपछि ५१ रनमा दोस्रो विकेट र ५५ रनमा तेस्रो विकेट गुमायो। कोलकाताको मध्यक्रमका खेलाडी एकपछि अर्को गर्दै पेभेलियन फर्किए ।

कोलकाताको स्कोरबोर्डमा ६४ रन हुँदा महत्वपुर्ण पाँच विकेट झरिसकेको थियो । जस मध्य टोम बान्टोनले ८ रन बनाए भने शुभंम गिलले ३४ रनको योगदान गरे । त्यसैगरी नितिश राना ९ रनमा आउट हुँदा इयोन मोर्गनमात्र ८ रनमा आउट भए। लगत्तै कप्तान दिनेश कार्तिक एक रनमा आउट हुँदा आन्द्रे रसेलले १६ रन मात्र बनाए। लगातार एकपछि अर्को विकेट गुमाएको कोलकाता अन्ततः रनमा अलआउट भयो । 

बलिङमा बैंग्लोरका लागि वासिङ्टन सुन्दरले २ विकेट लिए । यो जितसँगै सात खेलमा पाँच जित र दुई हार ब्यहोर्दै १० अंक भएको । त्यसैगरी कोलकाताले सात खेलमा चार जित र तीन हारका साथमा ८ अंक भएको छ।