२७ असोज, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीलको २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २० रनले हराएको छ। मंगलबार राति भएको खेलको हार सहित सनराइजर्स हैदरावादको यो पाँचौ हार हो ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
राम्रो सुरुवात गर्न नसकेको चेन्नेई टिमको स्कोर १० रन हुँदा डुप्लेसिस खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि साम करन र सेन वाट्सनले पारि अघि बढाएका थिए ।
टिमको स्कोर ३५ रन हुँदा साम करनले २१ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए ।
सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो । रायुडुले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी वाटसनले ३८ बलमा १ चौका र ३ छक्का सहित ४२ रन बनाए।
कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाउन सफल भए।
सनराईजर्सका खलिल अहमद, सन्दीप शर्मा र टी नटराजनले समान दुई-दुई विकेट लिए ।
जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।
युवा तीव्र गतिका बलर साम करनले चौथो ओभरको तेस्रो बलमा कप्प्तान डेविड वार्नरलाई ९ रनमा आउट गर्दै पहिलो सफलता दिलाए भने चौथो ओभरको अन्तिम बलमा ड्वेन ब्राभोले मनिष पान्डेलाई ४ रनमा उत्कृष्ट रन आउट गराउँदै पेभिलिएन फर्काए । पाण्डे सन् २०१५ पछि पहिलो पटक रनआउट भएका हुन। यस्तै जोनी ब्रेस्टो २३ रनमा पेभेलियन फर्किए ।
यस्तै प्रियम गार्ग १६ रनमा आउट हुँदा हैदरावादले ९९ रनमा चौथो विकेट गुमायो । लगतै विजय शंकर १२ रनमा आउट हुँदा हैदरावाद निकै दबावमा आएको थियो ।
हैदरावादको स्कोर १२६ रन हुँदा छैटौ विकेट जानुका साथै भरपर्दा खेलाडी केन विलियम्सन ५७ रनमा आउट भए । उनले सात चौका प्रहार गरे । यस्तै रासिद खानले १४ रनको योगदान गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।
यो जितपछि चेन्नेईको ८ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि ८ खेलमा ६ अंक रहेको छ ।