२८ असोज, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीलको बुधबार राति भएको ३० औं खेलमा दिल्ली क्यापिटल्र्सले राजस्थानलाई १३ रनले हराउदै शीर्ष स्थानमा उक्लिन सफल भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो। दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रन बनाउन सफल भए। धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए ।
राम्रो शुरुवात गर्न नसकेको दिल्लीका पृथ्वी शा खाता नै नखोली आउट हुन पुगे । टिमको स्कोरवोर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए । शूरुकै २ विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबावमा ल्याएका थिए । त्यस पस्चात श्रीखर धवन र श्रीयस अय्यरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए ।
धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी बन्दै तेस्रो विकेटको रुपमा अर्धशतक बनाएर आउट हुन पुगे । उनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाउन सफल भए।
त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान अय्यर पनि अर्धशतकिय पारीका साथ विदा भए । उनले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्कस स्टोनिस १८ तथा एलेक्स केरी १७ रन बनाएर आउट हुँदा अक्सर पटेल पनि ७ रनमा पभेलियन फर्किए।
राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिदै ह्याटृक गर्न सफल भए । जयदेव उनादकटले २ विकेट लिए । श्रीयस गोपाल र कार्तिक त्यागीले समान एक-एक विकेट लिए।
जितको लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमा उदै १ सय ४८ रन बनायो ।
राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१, सञ्जु सामसानले २५ रन बनाए । यस्तै रविन उथप्पाले ३२ रन जोडे । त्यस्तै कप्तान स्टिभ स्मिथ र रियान प्राग समान एक-एक रनमा आउट हुन पुगे।
अन्तिममा राउल टेवाटियाले १४ रन बनाएपनि टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । दिल्लीका लागि एनरिच नोर्जी र तुसार देशपाण्डेले समान दुई दुई विकेट लिए ।
जितपछि दिल्लीले आठ खेलमा ६ जित र २ हार ब्यहोर्दै १२ अंक बनाएको छ । राजस्थानको भने यो प्रतियोगितामा पाँचौ हार हो ।