वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी बिष्णु र राकेश लाई


१ कर्तिक, नुवाकोट । बिदुर नगरपालिका वडा नं ९ को आयोजनामा भएको दोस्रो ९ नं  वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०२० को उपाधी बिष्णु प्याकुरेल र राकेश तामाङले जितेका छन ।

२० असोज देखी सुरु भएको प्रतियोगितको शनिबार भएको फाइनल खेलमा  बिष्णु प्याकुरेल र राकेश तामाङको जोडीले अजय कुमार थापा र सुरेन्द्र श्रेष्ठको जोडीलाई १९ – २०, २० – १८, २० – १७ ले पराजित गर्दै उपाधि हात पारेका छन। विजेता र उपविजेता खेलाडीहरूले नगद १० हजार र ५ हजार सहित ब्याट, मेडल तथा प्रमाण-पत्र र ट्रफी प्राप्त गरे ।

विजेता खेलाडीहरूलाई बिदुर नगरपालिका का मेयर सन्जु पण्डित, वडा नं ९ का अध्यक्ष बिनय चित्रकार, वडा नं ८ का अध्यक्ष फैसिङ तामाङ र नुवाकोट चेम्बर अफ कर्मशका उपाध्यक्ष सुबर्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।