२० मंसिर (Sports for Nepal) — सहआयोजक बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गले र सुमन शाक्यको जोडी ललितपुरमा जारी तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ को पुरुष युगल (शिर्ष २०) बाहेकमा क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
डङ्गोल र शाक्यको जोडीले नेपाली सेनाका सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–१४, २१–१२ को सेटमा पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेका हुन् ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा नेपाली सेनाका विवेक चौधरी र सन्तोष पनेरुको जोडीले पनि जित निकाल्दै अन्तिम ८ मा प्रवेश पाए । उक्त जोडीले इलामका दिवस शंकर र सुमित थोकरको जोडीलाई २१–१८, १८–२१, २१–१४ ले पराजित गरेका हुन्।
यस्तै जित निकाल्दै क्वाटरफाईनल प्रवेश गर्ने क्रममा युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्री र निश्चल खत्रीको जोडी सेनाका बिशाल तामाङ्ग र हिमाल चन्दको जोडीलाई २३–२१, १९–२१, २१–८, सहआयोजक बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र रमन महर्जनको जोडी क्लब ७ का प्रदीप महर्जन र तुलशी पुरीको जोडीलाई २१–१५, २१–१३, सेनाका डेभिड थापा मगर र सुरोज महर्जनको जोडी गार्खाका मुकुल गुरुङ्ग र सन्बित जोशीको जोडीलाई २१–१४, २१–१७, सेनाका लक्ष्मण राना मगर र सुप्रिम पन्तको जोडीले बालकुमारीका गौतम शाक्य र निशेष शाक्यको जोडीलाई २१–१३, २१–१३, पुलिसका कविर के.सी. र हिरा बहादुर राईको जोडीले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्की र महेश खड्काको जोडीलाई २१–१६, १७–२१, २१–१८ र सेनाकै बिधान अधिकारी र पविन लिङ्गथेपको जोडीले बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१–१४, २१–१३ ले पराजित गरे।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका प्रिन्स दाहाल जित निकाल्दै प्रिक्वाटरफाईनलमा स्थान बनाउन सफल भए । दाहालले सेनाका बिशाल तामाङ्गलाई २१–१७, २१–१४ ले पराजित गरे । यस्तै सेनाका डेभिड थापा मगरको जोडीले पुलिसका सुनिल जोशीलाई २२–२०, २१–१८ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।
यस्तै प्रिक्वाटरमा स्थान बनाउने क्रममा एपिएफका क्षितिज खनालले सेनाका सौर्य महर्जनलाई २१–१२, २१–१५, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीले एपिएफका रोशन साउदलाई २२–२०, २३–२१, सेनाका प्रफुल महर्जनले कठायत ब्याडमिन्टन ट्रेनिङ्ग सेन्टरका अमन डङ्गोललाई २१–९, २१–३, एपिएफका देवराज रानाले पुलिसका कविर के ।सी ।लाई २१–१६, २१–१३ र सेनाका सुप्रिम पन्तले गोर्खाका सन्बित जोशीलाई २१–१५, २१–१६ ले पराजित गरे।
यस्तै अन्तिमा आठमा प्रवेश गर्ने क्रममा यु–१७ गल्र्स एकल तर्फको खेलमा सेनाकी रिहाना शेरचन, एपिएफकाी आकृती कार्की र टिशा रानी शाक्य, लभ ब्याडमिन्टन एकेडेमीकी आश्ना श्रेष्ठ, एपिएफकी स्वर्लिन श्रेष्ठ, सेनाकी अजरन्का शेरचन, एपिएफकी प्रियन्शा श्रेष्ठ र सुर्खेतकी निशा सिंहले पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गरे ।

