१ कार्तिक, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीलको शनिबार भएको खेलमा बैंग्लोरले राजस्थानलाई ७ विकेटले हराएको छ। बैंग्लोरको यो सहित यस सिजनको छैटौ जित हो ।
राम्रो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । राजस्थानको ओपनर बेन स्टोक ब्यक्तिगत १५ रनमा आउट भए । त्यसैगरी रविन उथप्पाले ४१ रनको योगदान गर्न सफल भए भने सञ्जु सामसानले मात्र ९ रन लिएका थिए । यस्तै राहुल टिवाटीयाले पनि १९ रनको योगदान गरे ।
दुबई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षेतिमा १ सय ७७ रन बनाउन सफल भयो। टिमका लागी कप्तान स्टिभ स्मिथले ३६ बलमा १ छक्का र ६ चौका सहित सर्वाधिक ५७ रन बनाएका थिए । स्मिथ अन्तिम ओभरमा क्रिस मोरिसको बलमा क्याच आउट हुन पुगे।
बलिङमा क्रिस मोरिसले चार तथा युज्भेन्द्र चाहलले दुई विकेट लिए ।
जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा उनदकटको सुरुवाती ३ बलमा दि भिलियर्सले लगातार ३ छक्का हानेकाका थिए ।
२३ रनमा पहिलो विकेट गुमाएको बैंग्लोरले एक सय दुई रनमा ३ विकेट गुमाएको थियो ।
बैंग्लोरका लागि देवदत्त पाडिकलले ३५ रन बनाए भने आरोन फिन्सले १४ रनको योगदान गर्न सफल भए। त्यसैगरी कप्तान विराट कोहलीले ४३ रन बनाउँदा अन्तिममा एवी डिभिलियर्सले विस्फोटक ब्याटिङ गर्दै टिमलाई जित दिलाउन सफल भए।
उनले १९ औं ओभरमा लगातार ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । डिभिलियर्सले २२ बलमा एक चाैका र ६ छक्काकाे मद्दतमा ५५ रन बनाए ।
याे जितसँगै बेंगलोर अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा नै रहेको छ । राजस्थान भने ९ खेलमा ६ अंकसहित सातौं स्थानमा नै छ ।