आईपीएल : सुपर ओभरमा पुगेको कोलकता र हैदरावादबीचको खेलमा कोलकाता बिजयी


२ कात्तिक , काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्न सफल भएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षेतीमा एक सय ६३ रन बनायो । कोलकाताले ४८ रनमा पहिलो विकेट गुमाएको थियो भने ८७ रनमा दोस्रो तथा १०५ रन हुँदा चौथो विकेट झरेको थियो ।
 राहुल त्रिपाठीले २३ रन बनाए भने शुंभम गिलले ३६ रन जोड्न सफल भए। त्यसैगरी नितिश रानाले २९ रन बनाउँदा आन्द्रे रसेलले ९ रन मात्र बनाएर पेभेलियन फर्किन बाध्य भए।

अन्तिममा कप्तान इयोन मोर्गन र दिनेश कार्तिकले अर्धशतकीय साझेदारी गरेका थिए । जसमा कार्तिकले अविजीत २९ रनको योगदान गर्दा मोर्गनले ३४ रन बनाएका थिए। बलिङ तर्फ नटराजनले २  विकेट लिन सफल भए ।

त्यसपश्चात हैदारावादले २० ओभरमा ६ विकेट गुमाउँदै समान रन बनाएपछि खेल टाई भएको थियो । राम्रो सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर मिडिलअडरका खेलाडीहरुमा राम्रो साझेदारी हुन नसक्दा खेलमा पराजित ब्यहोर्न पुग्यो ।

हैदरावादका लागि विजय शंकर ७ रन, प्रियम गार्ग ४ र मनिश पाण्डे ६ रन मात्रै बनाएर आउट हुन पुगे । त्यसैगरी जोनी ब्रेस्टोले ३६ रनको योगदान गर्दा केन विलियम्सनले २९ रन बनाए। त्यस कारण हैदरावादले १०९ रन बनाउँदा पाँच विकेट गुमाएको थियो। बलिङमा हैदरावादका लोकी फर्गुसनले तीन विकेट लिन सफल भए ।

खेल सुपर ओभरमा गए पश्चात लोकी फर्गुसनको उत्कृष्ट बलिङका कारण कोलकाताले मात्र ३ रनको लक्ष्य पाएको थियो । जसलाई कोलकाताले तीन बलमा सजिलै पुरा गर्यो ।

याे जितसँगै कोलकाताले नौ खेलमा पाँच खेल जितेर चार खेलमा हार ब्योहर्दै १० अंक बनाएर अंक तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै हैदरावाद ९ खेलमा तिन खेल जितेर ६ खेलमा हार्दै ६ अंक बनाएर अंक तालिकाको पाचौ स्थानमा रहेको छ ।