६ कात्तिक, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
कोलकाताले टस जितेर ब्याटिङ गर्दै सिजनको सबैभन्दा न्यून ८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।जवाफमा बैंग्लुरुले १३ ।३ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो ।
बैंग्लुरुका लागि देवदत्त पडिक्कलले २५, एरोन फिन्चले १६, गुरकीरत सिंहले २१ तथा विराट कोहलीले १८ रनको योगदान दिए ।
कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । यो सिजन कै सबैभन्दा कम स्कोर हो ।
बैंग्लुरुले सबैभन्दा न्यून स्कोर बनाएको छ । उसले सन् २०१७ मा कोलकाताविरुद्ध ४९ रन बनाएको थियो ।
म्यान अफ द म्याच चुनिएका उनले मात्र ८ रन खेर्चर तीन विकेट लिए । उनी एकै खेलमा २ वटा मेडन ओभर फाल्ने पहिलो बलर पनि बने । खेलमा चारवटा मेडेन ओभर फाएिको थियो ।
कोलकाताका ५ ब्याट्सम्यानले दोहोरो अंकमा रनसमेत बटुल्न सकेनन् । कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाए । युजवेन्द्र चाहलले २ विकेट लिए ।
प्रकाशित मिति २०७७ कात्तिक ६ ,बिहीवार
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts:
विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बुलाई रजत पदक
- 3 months ago
इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट
- 7 months ago
इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु
- 8 months ago