काठमाडौं, १२ कात्तिक । फिलिपिन्समा सम्पन्न प्रथम ग्लोबल तेक्वान्दो भर्चुअल स्पीड किक्किङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लवका तेक्वान्दो खेलाडी अनोज पुजारी र मनोज मल्लले स्वर्ण पदक जित्न सफल भएका छन । अनोजले ८७ केजी माथी तौल समुहमा स्वर्ण पदक जितेका हुन भने मनोजले ५८ केजी मुनि तौल समुहमा स्वर्ण पदक जित्न सफल भएका हुन ।
जहा चुनौती त्यहाँ अवसर भने जस्तै नेपाल पुलिस क्लवका तेक्वान्दो खेलाडीहरुले लक डाउन शुरु भए यता करिव एक दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु प्राप्त गरी नेपालमा तेक्वान्दो विकासको लागि महत्वपूर्ण योगदान दिएका छन ।
विश्व तेक्वान्दोको इतिहासमा पहिलो पटक फिलिपिन्स तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता २३ अक्टोबर देखी २५ अक्टोबर सम्म संचालन भएको थियो ।
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाइ मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगितामा प्रतियोगी खेलाडिले एक मिनेटको समयमा सबै भन्दा धेरै किक हानेको आधारमा बिजयी हुने नियम रहेको थियो ।
उक्त प्रतियोगितामा जापान, कोरिया, इथोपिया, मेक्सिको, इरान, युएस लगायत २३ देशका लगभग एक हजार जना खेलाडिहरुको सहभागिता रहेको थियो ।