१३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।
अबुधाबीमा भएको खेलमा मुम्बईसामु बैंगलोरले १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो ।
मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ । भने बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाए । जोश फिलिपले ३३ रन बटुले । विराट कोहली ९ रनमा आउट हुँदा एबिडिभिलियर्सले १५ रन जोडे । गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहे ।
१६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक र इशान किसनले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।
सूर्यकुमार यादव ब्याटिङमा आए । उनले नटआउट ७९ रन बनाए । उनी म्यान अफ द म्याच भए । इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाए ।
प्रकाशित मिति २०७७ कात्तिक १३ ,बिहीवार
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts:
विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बुलाई रजत पदक
- 3 months ago
इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट
- 7 months ago
इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु
- 8 months ago