१५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटले सानदार जित भएको छ ।
शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७। ३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
राजस्थानलाई ओपनर बेन स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्का सहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।
सन्जु सामसन अर्धशतक बनाउन दुई रनले चुके । रोबिन उथप्पाले ३० रन बनाउँदा स्टिभ स्मिथ ३१ र जोस बटलर २२ रनमा नटआउट रहे ।
पन्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए ।
यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुके । ६३ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए ।
यसैगरी केएल राहुलले ४१ बलमा ४६ रन बनाए । मन्दिप सिंहले खाता नै खोल्न सकेनन् । निकोलस पुरनले २२ रन बनाउँदा ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा नटआउट रहे ।
राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।