काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सले लगातार चौथो खेलमा पराजय भोगेको छ। दिल्लीलाई शनिबार दुबईमा भएको खेलमा मुम्बई इन्डियन्सले ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो। शनिबार जित हात पारेसँगै मुम्बईको शीर्ष दुईमा स्थान पक्का भएको छ। मुम्बईले अन्तिम खेलअघि १८ अंक जोडेको छ।
यता लगातार चौथो खेलमा पराजित भए पनि दिल्ली पनि शीर्ष दुईको दौडमा छ।
दिल्लीको अन्तिम खेलअघि १४ अंक छ। दिल्ली शनिबार पराजित भएसँगै पञ्जावसँग रनरेटमा पछि पार्दै तेस्रो स्थानमा झरेको छ।
दिल्लीका लागि कप्तान श्रेयस इयरले सबैभन्दा बढी २५ रन जोडे। रिशव पन्तले २१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
दिल्लीको इनिङ ध्वस्त पार्न ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले ३-३ विकेट लिए। बोल्टले चार ओभरमा २१ रन र बुमराहले ४ ओभरमा १७ रन मात्र दिए।
मुम्बईको जितमा इशान किसनले नटआउट ७२ रन र सूर्यकुमार यादवले नटआउट १२ रन जोडे। क्वान्टन डी कक २६ रनमा आउट भए।
प्रकाशित मिति २०७७ कात्तिक १५ ,शनिबार
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts:
विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बुलाई रजत पदक
- 3 months ago
इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट
- 7 months ago
इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु
- 8 months ago