चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो


१६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आइतबारको पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले ९ विकेटले पराजित गरेको छ ।
चेन्‍नाइको यसअघि नै प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ भने हारले पञ्‍जावको पनि ‘प्ले अफ’ खेल्ने सम्भावना समाप्त भयो ।
निश्चित जितको आवश्यकता परेको खेलमा पञ्‍जावको प्रदर्शन राम्रो रहेन । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्‍जावले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।
दीपक हुडाले ३० बलमा नटआउट रहेर ६२ रन बनाए र यो नै टिमको सबैभन्दा ठूलो स्कोर रह्यो । जवाफमा चेन्‍नाइले १८ ।५ ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान रुतुराज गायकवाडले नटआउट रहेर ६२ रन बनाए ।
यस्तै फाफ डु प्लेसिसले ४८ रन बनाए । गायकवाड र प्लेसिसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे । यो नतिजापछि चेन्‍नाइको पनि १२ अंक भएको छ भने पञ्‍जाव पनि १२ अंकमै सीमित रह्यो ।