काठमाडौं, कात्तिक १८ । दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)२०२० मा क्वालिफायरमा पुगेको छ ।
अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो ।
जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
अब आज मंगलबार मुम्बई र सनराइजर्स हैदरावादबीचको खेलपछि प्लेअफमा पुग्ने अर्को एक टिमको टुंगो लाग्नेछ।
हैदरावादले जित निकाले प्लेअफमा पुग्नेछ। प्लेअफमा पुगे हैदरावादले बेंग्लोरसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ।
हैदरावादले जित निकालेको अवस्थमा कोलकता बाहिरिनेछ। कोलकता बेंग्लोरसँग रनरेटमा पछि परेको कारणले समान अंक भए पनि प्लेअफमा पुग्नेछैन।
कोलकताले प्लेअफमा पुग्न हैदरावादको हारको कामना गर्नु पर्नेछ। हैदरावाद पराजित भएसँग कोलकताले एलिमिनेटरमा स्थान बनाउँदै बेंग्लोरसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति २०७७ कात्तिक १८ ,मंगलवार
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts:
विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बुलाई रजत पदक
- 3 months ago
इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट
- 7 months ago
इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु
- 8 months ago