११ माघ, काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बाग्मती र लुम्बिनी प्रदेशले बराबरी खेलेका छन। यो बराबरी सङै बागमती प्रदेश प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो।
बाग्मतीका लागि आदिल खानले अर्धशतकीय पारि खेले । उनले ५५ रन बनाउदा ८७ बल फेस गर्दै पाँच चौका र तीन छक्का प्रहार गर्न सफल भए । यसैगरी आकाश थापाले ६७ बलको सामना गर्दै ३९ रन बनाएका थिए। उनिहरुलेले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो शुरुवात गरको थिए ।
पृथु बास्कोटा २९ रनमा पभेलियन फर्कदा कप्तान ज्ञानेन्द्र मल्ल पनि १४ रन बनाएर आउट भएका थिए । त्यसैगरी गौतम केसीले ८ रनमा आउट हुदा रामनरेश गिरि तीन रनमा चित्त बुझाउदै पभेलियन फर्किए।
अन्तिमसम्म क्रिजमा डटेका इशान पाण्डेले ५० बलमा अर्धशतक पुरा गरे । ५१ रनमा आउट भएका उनले ५३ बलको सामना गर्दा चार चौका र दुई छक्का प्रहार गरे । नन्दन यादव ११ रनमा नटआउट रहे ।
लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिँदा, कृष्ण कार्की र सन्दीप सुनारले दुई दुई विकेट हात पारे । यसैगरी विक्रम भुषाल र अनिल खरेलले एक एक विकेट लिए ।
त्यस पश्चात जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा २२० रनमा नै अलआउट भएपछि खेल टाइ भयाे ।
लुम्बिनीका लागि प्रकाश केसीले ४१ रन बनाउदा सौरभ खनालले ३४ रन जोड्न सफल भए । त्यस्तै सन्दिप सुनारले २५ तथा देभ खनालले २६ रन बनाउदा कप्तान कृष्ण कार्कीले ४१ रनको योगदान गरे ।
बलियो सुरुवात गरेको लुम्बिनीले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको थियो । तर विचमा केहि लडखडाएको लुम्बिनीलाई सौरभ खनाल र प्रकाश केसीले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्न सफल भएका थिए।
बलिङमा बाग्मतीका विपिन आचार्यले सर्बाधिक चार विकेट लिन सफल हुदा गौतम केसीले दुई विकेट लिए। खेल टाइ भएपछि दुबैले अंक बाँढे । जसका कारण बाग्मती सात अंक भएकाे छ भने लुम्बिनीकाे पाँच अंक भएकाे छ।