१७ माघ, काठमाडौं – कमलसिंह ऐरी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भएका छन।
जारी प्रतियोगितामा उनले कुल १० विकेट लिनुका साथै ३० रन बनाउन सफल हुदै उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए ।
त्यसैगरी इमर्जिङ खेलाडी प्रदेश दुईका विवेक यादव बने । उनले यो प्रतियोगितामा दुई अर्धशतक सहित एक सय ६७ रन बनाउन सफल भएका थिए ।
यस्तै कुल १२ विकेट लिएका नेपाल आर्मी क्लबका साहब आलम उत्कृष्ट बलर बन्न सफल भए। त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान पृथु बास्कोटा बने । कमब्याक प्रतियोगिताका रुपमा रहेको यो प्रतियोगितामा उनले दुई सय १५ रन बनाउन सफल भए।