बैशाख ६, काठमाडौं — त्रिदेशीय कप टी-२० सिरिजअन्तर्गत मलेसियाविरूद्धको खेल टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा हुने खेलमा नेपालको टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा युवा ब्याट्सम्यान कुशल मल्ललाई ल्याइएको छ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
सरकारले सोमबारदेखि लागू हुने गरी रंगशालामा दर्शकलाई प्रवेश निषेध गरे पनि अहिले त्रिवि मैदानमा दर्शकको उपस्थिति छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले सरकारको निर्णय पालना गर्दै दर्शकलाई प्रवेश नदिने बताएका थिए।
तस्बिर: क्यान