बैशाख ११, काठमाडौं — त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ ।
जसमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
नेपालले आज चार तीव्र गतिका बलर खेलाएको छ । स्पिनर सुशन भारीको स्थानमा अभिनाश बोहरालाई खेलाएको छ । मलेसियाविरुद्ध डेब्यू गर्दै ३ विकेट लिएका कमलसिंह ऐरीलाई निरन्तरता दिनुका साथै अभिनाश, कमल, सोमपाल कामी र करण केसी गरि चार तीव्र गतिका बलर खेलाएको छ । एक मात्र स्पिनर खेल खेलाएको छ ।
नेपालको प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र कमलसिंह ऐरी रहेका छन।
नेपाल र नेदरल्यान्ड्सबीच ८ टि २० आई खेल भएको छ । नेदरल्यान्ड्स ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण रद्ध भएको छ ।डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाललाई करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर हुनेछ । २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो ।
तस्बिर: क्यान