लगातार दोस्रो खेल रद्द हुँदा नेपाल सेमिफाइनलमा पुग्न बन्चित


काठमाडौं, २ असार (Sports for Nepal) — एसिसी महिला इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। 

शनिबार घरेलु टिम हङकङविरुद्धको खेल पनि मैदानमा पानी जमेका कारण रद्द भयो। जसका कारण नेपालको सेमिफाइनल पुग्ने लक्ष्य पनि समाप्त भएको छ। 

नेपालले आज खेल जितेको अवस्थामा सेमिफाइनल सम्भावना हुनेछ। 

यसअघि नेपाल र भारत ‘ए’ बीचको खेल रद्द थियो। पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो। 

तीन खेलबाट दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा सीमित बन्यो। यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन्। 

प्रतियोगितामा नेपालले अन्तिम समयमा खेल्ने मौका पाएको थियो। थाइल्यान्डले प्रतियोगितबाट हात झिकेपछि एसिसीले नेपाललाई सहभागी गराएको हो।