भियतनाममा नेपाली तेक्वान्दो खेलाडीहरुले ४ स्वर्ण सहित ८ पदक जित्न सफल


२४  मंसिर (Sports for Nepal) — भियतनाममा सम्पन्न भएको भियतनाम २०२४ एसिएन ओपन पुलिस तेक्वान्दो च्याम्पियन्सिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्।

डिसेम्बर ६ देखि ९ तारिखसम्म चलेको प्रतियोगितामा जितबहादुर बोट र निशा दर्नालले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा पुम्से बिधामा स्वर्ण पदक जितेका हुन ।

त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि निशा र पुरुष ३० वर्ष मुनि जितले स्वर्ण पदक जितेका छन्। त्यसौगरी रोजेन प्रजापतिले जुनियर पुस्सेमा स्वर्ण पदक जित्न सफल भएका छन्।

पुम्से बिधामै प्रेमबहादुर लिम्बुले ३० वर्ष मुनि तर्फ रजत पदक जितेका हुन् । अन्जना चौधरी र रमिला लामाले महिला ३० वर्ष मुनि तथा अस्मिन राउतले कास्य पदक जितेका छन्।

भियतनाम पिपल्स पब्लिक सेक्युरिटी स्पोर्टस एसोसिएसनको आयोजना आइतवार सम्पन्न च्याम्पियनसिपलाई वर्ल्ड पुलिस तेक्वान्दो फेडेरेसनले प्रमोट गरेको थियो। प्रतियोगितामा नेपालसहित २९ राष्ट्रका ७ सय ७१ खेलाडीको सहभागिता थियो। नेपालबाट भने ५ पुरुष र ३ महिला गरी ८ जना सहभागी थिए ।