भिजन र पुर्णिमालाई भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा स्वर्ण पदक


भदौ १३, काठमाडौं – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र तृप्ती बुढाथोकीले आज बाट सुरु भएको प्रथम काठमाडौं भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन ।

शनिबार भएको पुरुष तर्फको १२ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेका मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले फाइनलमा काभ्रेस्थली तेक्वान्दो डोजाङका मिराज केसीलाइ पराजित गरेका थिए । त्यस्तै महिला ३१ बर्ष उमेर समुहमा मुलपानी तेक्वान्दो डोजाङकै तृप्ती बुढाथोकीले डाइनामिक तेक्वान्दो डोजाङकी जानकी तामाङलाइ पराजित गर्दै स्वर्ण पदक हात पारिन ।

आजै भएको प्रतियोगितामा महिला १५ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेकी चितवन तेक्वान्दो डोजाङकी आचल बाचपैले मुलपानी तेक्वान्दो डोजाङकी प्रगती कुइकेललाइ फाइनलमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन । त्यस्तै पुरुष ३१-४० बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेका माउण्ट एभरेष्ट एकेडेमीका सुरज श्रेष्ठले मैत्री तेक्वान्दो डोजाङका राम चन्द्रलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए ।

उक्त प्रतियोगिता आयोजक संघका अध्यक्ष तथा निर्णायका अशोक खड्काले जानकारी गराए अनुसार आजै भएको महिला १२ बर्ष उमेर समुहमा बिजेश्वरी तेक्वान्दो डोजाङकी पुर्णिमा बस्नेतले मुलपानी तेक्वान्दो डोजाङकी मेलिना राईलाइ फाइनलमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन । त्यसै गरी पुरुष तर्फ १५ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेका स्टेपिङ तेक्वान्दो डोजाङका अमन्त कुमार
कथरियाले  मुलपानी तेक्वान्दो डोजाङका आयुष ढुङेललाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे ।

आयोजक संघका अध्यक्ष तथा निर्णायका अशोक खड्का का अनुसार प्रतियोगिताको बाकी खेल भोली हुने छ ।