स्विचाटार र मुलपानीलाइ भर्चुअल तेक्वान्दोमा समान एक - एक स्वर्ण


भदौ १४, काठमाडौं – स्वीचाटार तेक्वान्दो डोजाङ र मुलपानी तेक्वान्दो डोजाङले आज सम्पन्न भएको प्रथम काठमाडौं भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा समान १ - १ स्वर्ण पदक जित्न सफल भएका छन।

आइतबार भएको पुरुष तर्फको १८ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेका स्वीचाटार तेक्वान्दो डोजाङका अश्मिन राउत (६.५३३) ले  चितवन तेक्वान्दो डोजाङका खेलाडी अब्बास खान (५.९६६) लाई  फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन । सोही स्पर्धामा ५.८३३ अंक ल्याउदै चितवन तेक्वान्दो डोजाङका खेलाडी सागर बराल र ५.६३अंक ल्याउदै स्टेपिङ तेक्वान्दो डोजाङ कैलालीका लक्ष्मण श्रेष्ठले कास्य पदक प्राप्त गरे।

त्यसैगरी पुरुष तर्फको ४१ बर्ष माथी उमेर समुहमा प्रतिस्पर्धा गरेका मुलपानी तेक्वान्दो डोजाङका मधु सुधन सापकोटा (५.९०) ले स्टेपिङ तेक्वान्दो डोजाङ कैलालीका खेलाडी आशिस चन्द (५.६०) लाइ फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका थिए  ।सोही स्पर्धामा ५.६६ अंक ल्याउदै अन्नपुर्ण स्कुलका बिकाश उदय र गैरी गाउ तेक्वान्दो डोजाङका खेलाडी शोभित मान गिरिले कास्य पदक प्राप्त गरे।