भदौ १४, काठमाडौं – नेपाल आर्मी र नेपाल पुलिस तेक्वान्दो टिमलाइ आज सम्पन्न भएको प्रथम काठमाडौं भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा समान १ - १ स्वर्ण पदक प्राप्त भएको छ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन भएको महिला तर्फको १८ देखी ३१ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेकी नेपाल आर्मी तेक्वान्दो टिमकी निता गुरुङ (६.७०) ले स्वीचाटार तेक्वान्दो डोजाङकी खेलाडी सन्जिला तिमल्सिना (५.९६६) लाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेकी हुन। सोही स्पर्धामा ६.१६६ अंक ल्याउदै मुलपानी तेक्वान्दो डोजाङकी खेलाडी चन्दु शाही र ५.४३३ अंक ल्याउदै अल्फा तेक्वान्दो डोजाङ दाङकी सुनिता बिष्टले रजत पदक प्राप्त गरे ।
त्यसैगरी पुरुष तर्फको १८ देखी ३१ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेका नेपाल पुलिस तेक्वान्दो टिमका प्रेम बहादुर लिम्बु (६.७३३) ले नेपाल आर्मी टक तेक्वान्दो टिमका खेलाडी दिपेन्द्र गुरुङ (६.५०) लाइ फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका थिए।सोही स्पर्धामा ६.२० अंक ल्याउदै मुलपानी तेक्वान्दो डोजाङका पुष्प प्रसाद गौतम र ५ ।९६६ अंक ल्याउदै सैलुङ तेक्वान्दो डोजाङका खेलाडी नोर्बु मोक्तानले रजत पदक प्राप्त गर्न सफल भए । नेपाल पुलिसका प्रेम बहादुर लिम्बु १३ औ साउथ एसियन गेम (साग)का कास्य पदक बिजेता खेलाडी हुन ।