इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सन्दीप यूएई आएका छन


२८ भदौ, युएई – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)आएका छन। 

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडीहरु पनि यूएई आएका छन। कोरोना भाइरसको महामारीका कारण यस वर्षको आईपीएल भारतमा नभइ यूएईमा हुँदै छ।

१९ सेप्टेम्बरमा उद्घाटन हुने १३ औं संस्करणको आईपीएलमा सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन। 

दिल्ली क्यापिटल्सद्वारा ३२ लाखमा अनुबन्धित सन्दीपको टिमको पहिलो खेल २० सेप्टेम्बरमा किंग्स इलाभेन पञ्जावसित हुनेछ। 

लामिछाने सिपिएल खेल्न गत जुलाइ ३० तारिक ट्रिनिडाड एन्ड टोबागो गएका हुन्। नियमित उडान बन्द भएको कारण उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। 

गत मार्चमा सुरु हुने तत्कालिन तालिका भए पनि कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण आईपीएल हुन सकेको थिएन ।

१९ सेप्टेम्बर देखि १० नोभेम्बर सम्म हुने आईपीएलको १३औं संस्करणको सबै खेल युएई स्थित तिन छुट्टा - छुट्टै क्रिकेट स्टेडियममा हुने छ ।

Image sourse: scroll.in