६ असोज, काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले २०२० को नयाँ केन्द्रिय सम्झौता गरेको छ । जसअनुसार पुरुष तर्फ १८ जना खेलाडीहरुलाई समावेश गरिएको छ । त्यसैगरी महिला तर्फ पनि १९ जना महिला खेलाडिहरु लाई केन्द्रिय सम्झौतामा राखेको छ्।
पुरुष तथा महिला दुबै तर्फ तीन-तीन श्रेणीमा खेलाडीहरुको बर्गिकरण गरिएको छ । जसअनुरुप पुरुष तर्फको ए श्रेणीमा रहेका खेलाडीले मासिक ५० हजार पाउनेछन भने बी श्रेणीका खेलाडीले ४० हजार र सी श्रेणीका खेलाडीले ३० हजार रुपैयाँका दरले तलब पाउने भएका छन ।
उनीहरुको सम्झौता २०२० को जनावरी बाट नै लागु हुने जनाइएको छ।
पुरुष तर्फको नयाँ ग्रेडिङ अनुसारको खेलाडी नामावली यस्तो रहेको छ –
ए श्रेणीः ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दिप लामिछाने, करण केसी, शरद भेषवाकर, बसन्त रेग्मी, विनोद भण्डारी र दिपेन्द्रसिंह ऐरी ।
बी श्रेणीः सोमपाल कामी, सुसन भारी, पवन सराफ र आरिफ शेख ।
सी श्रेणीः रोहित पौडेल, सुवास खकुरेल, रासिद खान, कुशल मल्ल, कमल ऐरी र अभिनाश बोहोरा ।
यस्तै महिला तर्फका ए श्रेणीमा पर्ने खेलाडीहरुले १५ हजार, बी श्रेणीमा पर्ने खेलाडीहरुले १२ हजार र सी श्रेणीमा पर्ने खेलाडीहरुले १० हजार रुपैयाँका दरले तलब पाउने छन ।
महिला तर्फको बर्गिकरण अनुसारको खेलाडी नामावली यस्तो रहेको छ –
ए श्रेणीः इन्दु बर्मा, नेरी थापा, रुविना क्षेत्री, करुणा भण्डारी र सिता रानामगर ।
बी श्रेणीः अप्सरी बेगम, ज्वती पाण्डे, विन्दु रावल, कविता जोशी, रोमा थापा, रितु कनोजिया, सरिता मगर र काजल श्रेष्ठ ।
सी श्रेणीः डोली भट्ट, कविता कुवर, सोनु खड्का, अनुराधा चौधरी, सोभा आले र अञ्जली चन्द ।
सबै खेलाडिहरुले क्यानको तर्फबाट २०२० जनवरीदेखि तलव पाउने भएका छन ।