१३ असोज, काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दिप लामिछानेको दिल्ली क्यापिटल्स टिम सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भयो । जारी लिगमा मंगलबार बेलुका भएको खेल हैदरावादकाे पहिलाे जित हाे ।
आबुधावीमा टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । बलियो सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको थियो ।
मनिश पाण्डे ३ रनमा आउट भएपछि हैदरावादले ९२ रनमा दोस्रो विकेट गुमायो । हैदरावादले चार विकेट गुमाउदै १०४ रन बनाउँदा जोनी ब्रेस्टोले अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५३ रन बनाए । यस्तै केन विलियम्सनले ४१ तथा अब्दुल सामदले १२ रन बनाए । बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो राबाडाले समान दुई विकेट लिए ।
जवाफमा दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदा एक १४७ रन मात्र बनाउन सक्याे । दिल्लीले मात्र २ रन हुँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर पृथ्वी शा मात्र दुई रनमा आउट भए ।
त्यसलगतै श्रेयस ऐयर १७ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट गुमायो । उसको मिडिल अडरका खेलाडीमा राम्रो साझेदारी हुन सकेन । त्यसैगरी ६२ रन हुँदा तेस्रो विकेट गुमाएको दिल्लीले १०४ रनमा चौथो र ११७ रनमा पाँचौ विकेट खेर फाल्यो ।
दिल्लीका लागि शिखर धवनले ३४ रन बनाए भने सिमरन हिटमेयरले २१ रन बनाए । यस्तै रिसव पन्तले ३२ रन र स्टोइनसले मात्र ११ रन बनाए ।
सनराइजर्स हैदरावादका रासिद खानले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिलिन सफल भए ।