१९ असोज, काठमाडौं । पार्वती गुरुङ र आयशा शाक्यले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।
महिलातर्फ पार्वतीले ३० वर्षमुनि र आयशाले ४० वर्षमुनि उमेर समूहमा स्वर्ण पदक जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् ।
पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङ छैटौं स्थानमा रहे ।
सोही उमेर समूहको महिला स्पर्धामा सिना मादेन दोस्रो भइन् ।