राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न


१४ साउन, काठमाडौं —  १० औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा ११औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री रिफ्रेसर तालिम शुक्रबार सम्पन्न भएको छ।

नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार बाग्मती प्रदेशको आयोजनामा भएको १० औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा ११औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री रिफ्रेसर तालिम शुक्रबार नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलयमा सम्पन्न भएको छ। 

नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका अध्यक्ष केशब पुरीको सभापतित्वमा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथी पुर्व गृहराज्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापती इन्द्र बहादुर बानिया, बिशिष्ठ अतिथी नेपाली कांग्रेस ललितपुर जिल्ला सभापती जितेन्द्र श्रेष्ठ, बिशिष्ठ अतिथी नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणा, बिशिष्ठ अतिथी नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ, बिशिष्ठ अतिथी नेपालका लागी कोरियन प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णायक मास्टर क्वान योङ दल लगायत नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो।

बाग्मती प्रदेशका अध्यक्ष तथा कार्यक्रमका सभापती केशब पुरीले १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो टोलीले सानदार प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्दै नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेललाई सबै तह र तप्काबाट यसको बिकाशको निम्ती सहयोग गर्नको लागी अपिल गरेका छन।

त्यसैगरी प्रमुख अतिथी नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापती इन्द्र बहादुर बानियाले तेक्वान्दो खेल र खेलाडिहरुले गरेको उपलब्धिको प्रसंसा गर्दै खेलाडी भनेको राष्ट्रको सान र पहिचान हो भन्दै आगामी दिनहरुमा खेलाडी हरुलाई प्रोत्साहन गर्न पहल गर्नुका साथै सबै स्थानियतहमा बजेट बिनियोजन गरेर प्रशिक्षक राख्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी नेपाली कांग्रेस ललितपुर जिल्ला सभापती जितेन्द्र श्रेष्ठले बाग्मती प्रदेशले गर्ने तेक्वान्दो खेलहरुलाई सफलता पुर्ण सम्पन्न गर्न चाहिने स्रोत साधान जुटाउन आफ्नो तर्फ बाट सकेको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। 

उक्त तालिममा सहभागी राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्रीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापती इन्द्र बहादुर बानियाले प्रमाण पत्र हस्तान्तरण गरेका छन ।

गेरुगी रेफ्री सेमिनार तथा रेफ्री रिफ्रेसर तालिमलाई नेपालका लागी कोरियन प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णायक मास्टर क्वान योङ दलको नेतृत्वमा अन्तर्राष्ट्रिय निर्णायकहरु ईश्वर मान बज्राचार्य, राजेश प्रजापति, रबिन्द्र मल्ल, भिम बिक र विश्व राज राईले प्रशिक्षण दिएका थिए। 

यस्तै तालिम गण्डकी प्रदेशको पोखरामा श्रावण २२ देखी २५ गते सम्म, प्रदेश नं १ को बिराटनगरमा श्रावण २८ देखी ३१ गते सम्म, मधेश प्रदेशको जनकपुरमा भाद्र ४ देखी ७ गते सम्म, बाग्मती प्रदेशकै चितवनमा भाद्र ८ देखी ११ गते सम्म, लुम्बिनी प्रदेशको दाङमा भाद्र १३ देखी १६ गते सम्म, कर्णाली प्रदेशको दाङमा भाद्र १३ देखी १६ गते सम्म र सुदुरपश्चिम प्रदेशको धनगढीमा भाद्र १९ देखी २३ गते सम्म हुनेछ ।