बाग्मती प्रदेशको आयोजनामा राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा रेफ्री रिफ्रेसर तालिमसुरु


१२ साउन, काठमाडौं —  १० औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा ११औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री रिफ्रेसर तालिम बुधबार बाट नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलयमा सन्चालन भएको छ।

नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार बाग्मती प्रदेशको आयोजनामा सुरुभएको १० औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा ११औं राष्ट्रिय तेक्वान्दो गेरुगी रेफ्री रिफ्रेसर तालिमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ गरेका छन ।

उद्घाटन समारोहमा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणा,  नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका अध्यक्ष केशब पुरी, उपाध्यक्ष दिपक मलोत्रा, महासचिव हरिहर ढुङाना, सचिव उमेश नकर्मी र कोषाध्यक्ष किरण थापा तथा  नेपाल तेक्वान्दो संघका सदस्यहरुको उपस्थिती रहेको थियो ।

तिनदिन सम्म संचालन हुने सेमिनारमा नेपाल तेक्वान्दो संघ संग आबद्ध रहेका देश तथा बिदेशमा रहेर कार्य गर्दै आएका ३१० जना भन्दा बढी निर्णायकरहरु तालिममा सहभागी रहेको बाग्मती प्रदेशका रेफ्री कमिटिका संयोजक मास्टर दिनेश कुमार बांडांले जानकारी दिए ।

उक्त तालिमलाई नेपालका लागी कोरियन प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णायक मास्टर क्वान योङ दलको नेतृत्वमा अन्तर्राष्ट्रिय निर्णायकहरु ईश्वर मान बज्राचार्य, राजेश प्रजापति, रबिन्द्र मल्ल, भिम बिक र विश्व राज राईले प्रशिक्षण दिने छन ।

बाग्मती प्रदेशमा धेरै निर्णायकहरु भएका कारण भाद्र ८ देखी ११ गते सम्म चितवनमा तेक्वान्दो गेरुगी रेफ्री सेमिनार तथा रेफ्री रिफ्रेसर तालिम संचालन हुने जनाईएको छ । अहिले भएको तालिममा छुट्ने हरुले चितवनमा गएर पनि सहभागिता जनाउन पाउने छन ।

यस्तै तालिम गण्डकी प्रदेशको पोखरामा श्रावण २२ देखी २५ गते सम्म, प्रदेश नं १ को बिराटनगरमा श्रावण २८ देखी ३१ गते सम्म, मधेश प्रदेशको जनकपुरमा भाद्र ४ देखी ७ गते सम्म, बाग्मती प्रदेशकै चितवनमा भाद्र ८ देखी ११ गते सम्म, लुम्बिनी प्रदेशको दाङमा भाद्र १३ देखी १६ गते सम्म, कर्णाली प्रदेशको दाङमा भाद्र १३ देखी १६ गते सम्म र सुदुरपश्चिम प्रदेशको धनगढीमा भाद्र १९ देखी २३ गते सम्म हुनेछ ।