प्रथम काठमाडौ भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिता हुने


काठमाडौ - नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती काठमाडौको आयोजनामा प्रथम काठमाडौ भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिता हुने भएको छ। अशोक खड्काको अध्यक्षतामा आज बसेको जिल्ला कार्य समितिको बैठकद्वारा उक्त प्रतियोगिता यही अगस्ट 29 र 30 मा गर्ने निर्णय गरेको हो।

प्रतियोगितामा प्रदेश संघ, जिल्ला कार्यसमिती र सम्पुर्ण नेपाली खेलाडिहरुले सहभागिता जनाउन सक्ने छन् । कोरोना भाइरस कोभिड-19 को विषम परिस्थिति लाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरुले आफ्नो आफ्नो घरमा बसेर अनलाइन मार्फत सहभागीता जनाउन सक्ने छन।

उक्त प्रतियोगितामा १२ बर्ष माथी उमेर समुह देखि ४१ बर्ष माथी उमेर समुह सम्म छुट्टाछुट्टै समुहमा भाग लिने ब्यबस्था गरिएको छ।खेलाडीहरुले आफुले रेकर्ड गरेको भिडियो what's app अथवा इमेल मार्फत पठाउन पनि सक्ने छन।