तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र युएस ओपन तेक्वान्दो खेल्दै


५ फागुन  (Sports for Nepal) — तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र बहादुर घर्ती मगर विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा पुम्से बिधामा सहभागिता जनाउने भएका छन् । अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदैछ ।

ओलम्पिक, विश्व च्याम्पियन खेलिसकेका खेलाडीसमेत गरी प्रतियोगितामा २ हजार १ सय ४० खेलाडीको सहभगिता जनाउदै छन् । यसअघि मगरले क्यानडामा भएको क्यानडा ओपन 2024 विश्व वरीयता जी–२ मा पुम्से बिधामा सहभागी भएर सिधै क्यानडा बाट युएसए गएका हुन ।

उनले २०२२ मा युएसएको मिचिगन सिटिमा आइओएफटिसी को आयोजनामा सम्पन्न भएको  १३ औ अन्तर्राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगितामा पुम्से तर्फ रजत पदक जित्न सफल भएका थिए ।

मगर बिगत आठ बर्ष देखी युएईको आबुधाबी स्थित बारुदी स्पोर्टस क्लबमा प्रशिक्षकको रुपमा कार्य गर्दै आएका छन ।