जिल्ला तेक्वान्दो कार्यसमिति काठमान्डौको कार्यालय भदौ १५ गते सम्मको लागी बन्द


काठमान्डौ — काठमान्डौ जिल्ला तेक्वान्दो कार्यसमितिको कार्यालय भदौ २ गते देखी १५ गते सम्मको लागी बन्द हुने भएको छ । कोरोना भाइरस कोभिड्-१९ बाट उत्पन्न समस्या र उच्च जोखिम लाइ मध्यनजर गर्दै काठमान्डौ जिल्ला तेक्वान्दो  कार्यसमितिका अध्यक्ष अशोक खड्का द्वारा सोमबार एक सुचना जारी गर्दै उक्त जानकारी गराएका हुन । 

उक्त सुचना अनुसार अत्यावस्यक सेवाका लागी भने टेलिफोन मार्फत सेवा लिन सक्ने समेत जानकारी गराएको छ । त्यसका लागी बिभिन्न पदाधिकारिहरुको सम्पर्क नम्बर पनि त्यसै सुचना मार्फत उपलब्ध गराएको छ ।