नेपाललाई विश्व सामु चिनाउदै अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का


२२ साउन, काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जी ७) मा निर्णायकको भूमिका सफलता पुर्वक निर्वाह गरेका छन् । यसका लागि सेकेन्ड क्लासका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक खड्का साउन ८ गते देखी बुल्गेरियाको सोफियामा छन् ।

प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म भएको हो। त्यस्तै साउन १७ देखि जुनियरको खेल भईरहेको छ र साउन २२ गते सम्म चल्नेछ्। दुवै बिधामा अशोकले निर्णायकको भूमिका निर्वाह गरेका छन्। उक्त प्रतियोगितामा नया नियम अनुसार खेलाउनु पर्ने भएकोले साउन १० र ११ गते रेफ्री रिफ्रेसर कोर्स भएको थियो । कोर्समा खड्काले पनि सहभागिता जनाएका थिए।

वैशाखयता खड्काले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उक्त प्रतियोगिता आज बाट सम्पन्न हुनेछ र उनि साउन २४ गते नेपाल फर्कने छन । 

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दै गरेको भिडियो: