एमिल तेक्वान्दो डोजाङका जुनियर खेलाडिहरुको बेल्ट टेस्ट (ग्रेडिङ) सम्पन्न


२१ साउन, काठमाडौं — एमिल तेक्वान्दो डोजाङका जुनियर खेलाडिहरुको बेल्ट टेस्ट (ग्रेडिङ) सम्पन्न भएको छ ।  उक्त बेल्ट टेस्ट कार्यक्रममा ५५ जना तेक्वान्दो खेलाडीहरुको सहभागी रहेको थियो ।

नेपाल तेक्वान्दो संघका राष्ट्रिय रेफ्री तथा डोजाङ प्रमुख अजय तमाङले खेलाडी हरुको परीक्षा लिएका थिए । कार्यक्रममा तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री विश्व राज राई र नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका तेक्वान्दो निर्णायक समितिका संयोजक दिनेश प्रधानको उपस्थिती रहेको थियो ।

जुनु मण्डल, बबिना राइ , मिलन लोहनी प्रशान्त परियार, प्रबिन परियार, जेनिका राइ, स्वोर्णिम अछमि, नोबल अधिकारी, सुमन खड्का, आरोश गौतम्, आशुतोश मण्डल्, भुपेन्द्र, समर्पन कर्की ले उत्कृष्ट प्रदर्सन गर्दै डबल प्रमोसन हुन सफल भएका छन । अन्य खेलाडिहरु नियमित पास गर्दै 

नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका तेक्वान्दो निर्णयक समिति संयोजक मास्टर दिनेश प्रधान्ले खेलाडीहरुलाइ बेल्ट बितरण गरेका छन्। उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अभिभावकहरुको उपस्थिति रहेको थियोे ।