दाङ्ग जिल्ला तेक्वान्दो संघको आयोजनमा रक्तदान सम्पन्न


दाङ्ग जिल्ला तेक्वान्दो संघको आयोजनमा रक्तदान कार्यक्रम गत आइतबार सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र घोराहीमा स्वास्थ्यका लागी खेलकुद रास्ट्र्का लागी खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा १० जना खेलाडी हरुले रक्तदान गरेका छन ।

कोरोना भाइरस कोभिड - १९ महामारी को बिषम परिस्थिती को मध्यनजर गर्दै रगत आपुर्तिमा कमी हुन नदिने उद्देश्यका साथ घोराहिमा रक्तदानको आयोजना गरिएको संघका बरिस्ठ उपाध्यक्ष विष्णु अधिकारिले जानकारी गराउनु भयो ।

दाङ्ग तेक्वान्दो संघका नवनिर्बाचित पदाधिकारीहरु र खेलाडीहरुको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा राकेश परियार, प्रमोद चौधरी, तिलक पुन मगर, राजेन्द्र बिक, रमेश चौधरी, तिलक झाक्री, सुरज केसी लगायतले रक्तदान गरेका थिए ।

रक्तदान नै जिबन दान भएको भन्दै आफुहरुले सामाजिक उत्तरदायित्व निर्वाह गरेको तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले बताए ।