कोरियामा नुवाकोट समाज द्वारा तेक्वान्दो प्रशिक्षक हरिहर पाण्डे सम्मानित


काठमाडौं, ३१ असार (Sports for Nepal) — तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा नुवाकोट तेक्वान्दो संघका सस्थापक एबम प्रमुख प्रशिक्षक हरिहर पाण्डेलाई नुवाकोट समाज साउथ कोरियाले सम्मान गरेको छ । 

बिश्व तेक्वान्दो एकेडेमिको आयोजनामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो पुम डान एक्जामिनर कोर्षको लागि साउथ कोरिया पुगेका उनलाई आज एक कार्यक्रम गर्दै सम्मान पत्र र नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उक्त समाजका अध्यक्ष रामकुमार गौतमले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेर देशको नाम बिश्व सामु चिनाउदै राष्ट्रको लागि योगदान दिन सफल पाण्डेलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरेका छन।

नुवाकोटमा जन्मिएका तेक्वान्दोका छैटौ डान प्राप्त प्रमुख प्रशिक्षक हरिहर पाण्डेले २०४९ सालमा नुवाकोटमा तेक्वान्दो स्थापना गरेका हुन ।