तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरिया जाँदै


काठमाडौं, १४ साउन (Sports for Nepal) — किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको रुपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् । विश्व र्याङकिङ जि–२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् । प्रतियोगिता यही साउन १७ देखि २२ गतेसम्म हुनेछ ।

उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे। 

यसअघि उनले अस्ट्रिया, स्विडेन, दक्षिण कोरिया र बेल्जियम लगायत बिभिन्न देशमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गर्दै आएका थिए ।