कोभिड-१९ पछि शारीरिक ब्यायाममा फर्कदा सम्झनको लागि ५ चीजहरू


यसमा कुनै दुइ मत छैन कि स्वस्थ्य र तन्दुरुस्ती मानव जिवनको अत्यावस्यक चिज हो । जिम हल अथवा खेलकुद ट्रेनिङ सेन्टर स्वस्थ्य हुन र यसलाई निरन्तर कायम राख्नको लागि केन्द्र हो।

 कोभिड-१९ ले धेरै व्यायाम उत्साही तथा खेलकुदप्रेमीहरूलाई उनीहरूको स्थानीय क्लब अथवा ट्रेनिङ सेन्टरको चार पर्खाल बाहिरको जीवन जिउन बाध्य बनाएको छ । धेरैले बैकल्पिक तथा नयाँ तरिकाहरू अपनाएर त्यसलाई निरन्तर्ता दिदै छन भने, अरूहरू जिम तथा ट्रेनिङमा फर्किन असाध्यै व्याकुल छन्। यदि त्यो जस्तो तपाईंलाई लाग्छ र तपाईं त्यो अवसरको लागि प्रतिछ्यारत हुनुहुन्छ भने, जब तपाईं आफ्नो जिम वा स्वास्थ्य क्लबमा फर्कनुहुन्छ यी पाँच चीजहरू दिमागमा राख्नुहोस् ।

१ क्लब वा ट्रेनिङ सेन्टरको बारेमा अनुसन्धान गर्नुहोस्


तपाइँको क्लबले बन्दको समयमा के गरेको छ र तपाइँको सुरक्षाको लागि कस्तो नीतिहरू राखिएको छ, साथ साथै त्यहाको कर्मचारीहरूको सुरक्षाको बारेमा थप जान्नुहोस्। तपाईं सामान्यतया यो जानकारी क्लबको वेबसाइट वा सामाजिक मिडिया च्यानलहरूमा थाहा पाउन सक्नुहुनेछ; यदि यो त्यहाँ छैन भने, एक पटक फोन गर्नुहोस् वा आमने सामने भेट्नुहोस र सोध्नुहोस्:

  •  बन्दको क्रममा कस्तो प्रकारले सफाई गरियो र कस्तो कीटनासक केमिकलहरु प्रयोग भयो (उदाहरणका लागि कुन उत्पादनका केमिकल उनीहरू प्रयोग गरिरहेका छन्, दिनमा कति पटक सफा गरिन्छन्, सफाइको जिम्मेवार को हो)
  • क्लवको क्षमता तथा कुनै किसिमको  बुकिङ आवश्यक हुन्छ वा निस्चित क्षेत्र जहाँ तपाईं आफ्नो समय खर्च गर्ने योजना गर्नुहुन्छ (उदाहरण समूह फिटनेस स्टुडियो, तौल कोठाको तल्ला, कार्यात्मक क्षेत्र, कार्डियो उपकरण)
  • कर्मचारी र व्यायामकर्ताहरूले भाइरसको फैलावट घटाउन मद्दत गर्ने कस्तो प्रवेश नीतिहरू अपनाएका छन (उदाहरणका लागि तापमान स्क्यान, दैनिक स्वास्थ्य प्रश्नावली, संकेत र लक्षण, एकै समयमा भवनको प्रयोग गर्नेहरूको ट्र्याकिंग तथा रेकर्ड राख्नु)
  • कर्मचारी र संरक्षकहरूका लागि नीतिहरू कसरी लागू गरिनेछ यी प्रश्नहरूको स्पष्ट जवाफ दिन सक्षम हुनु भनेको यो राम्रो संकेत हो कि तपाईंको जिम वा स्वास्थ्य क्लबले यसको उचित ब्यबस्था गरेको छ, तर तपाईं अझै सावधानीका साथ अगाडि बढ्न प्रभावकारी हुन्छ। जब तपाईं पहिलो दिन जानुहुन्छ , स्टाफ र संरक्षकको व्यवहार ध्यान दिएर अवलोकन गर्नुहोस् ता कि क्लबको दैनिकी थाहा होस।

२ अनुहार कभर गर्न विचार गर्नुहोस्


बिश्व स्वास्थ्य सङठनले सार्वजनिक रूपमा अनुहार ढाक्न सल्लाह दिएको छ। अनुहार कभर हुने गरी मास्क अथवा रुमाल लगाउँदा तपाइको हातले जिम तथा ट्रेनिङ उपकरणहरू वा सतहहरूको सम्पर्कमा आए पछि तपाईंको अनुहार छुनबाट जोगिन मद्दत गर्दछ। किनकी उपकरणहरु धेरैले प्रयोग गरेका हुन्छन्, जिमहल तथा ट्रेनिङ सेन्टरका केहि ठाउँहरू चुनौती पुर्ण हुन्छ किनकी स्वस्थ हावा उक्त स्थानमा  प्रवेश गर्नबाट बन्चित भएको हुन्छ। व्यायामको साथ, स्वासप्रस्वास दर उच्च भएको हुन्छ, जसको कारणले सर्ने जोखिम बढाउँदछ।

यो असहज भए पनि, धेरै व्यक्तिहरू फेस मास्क लगाउँदा पनि नियमित व्यायाम प्रदर्शन गर्न सक्दछन् । तरपनी  तपाईंलाई पहिले नै स्वासप्रस्वासमा समस्या छ भने, तपाईंले बढी नै सावधानी अपनाउनु पर्दछ। त्यस्तो समस्या छ भने यस प्रकारको ब्यायामका लागि तपाईले सेसनहरू बाहिर वा सोलो स्थानमा लैजान सक्नुहुन्छ ताकि तपाईं मास्क बिना व्यायाम गर्न सक्नुहुनेछ।

तपाईं अनुहार कभरिंगको साथ त्यसो गर्दैमा व्यायाममा फेरि सजिलो बनाउन पनि चाहानुहुन्छ। तपाईंले आफ्नो आर पी इ (परिश्रमको दर) अनुहार ढाकेको समयमा सामान्य भन्दा बढी भएको पाउनुहुनेछ। तपाईले पहिलो केही हप्ता ब्यायाममा बिस्तारै बढाउदै तपाईको व्यायामको तीव्रता बढाउँदै तपाईको मुटुको प्रणालीलाई अनुकूलन गर्न दिनुहोस्, र तपाईलाई विभिन्न तरिकाहरूमा कस्तो महसुस हुन्छ भन्ने निगरानी गर्नुहोस र यदि तपाईलाई चक्कर आएमा, हल्का टाउको गरौं भएमा वा स्वासप्रस्वासमा गार्हो भएमा तपाईले तीव्रतालाई कम गर्नुहोस्।

३ समय र दुरिमा सचेत हुनुहोस्


धेरै ट्रेनिङ सेन्टरले प्रवेश प्रणाली र बाहिर निस्कने समय र उपकरणहरुको विशेष प्रयोग गरिरहेका छन्। यदि तपाईंको क्लबले गरेको छैन भने, तपाईंको वर्कआउट गर्ने समय फिक्स गर्ने कोशिस गर्नुहोस् जुन समय स्वाभाविक रूपले भीड कम हुन्छ। वैकल्पिक रूपमा, अन्य ट्रेनिङ सेन्टरहरूको खोजी गर्नुहोस् जसले बुकिङ सुबिधाको उपलब्ध गराउनुको साथै ठुलो ठाउँ वा कम सदस्यहरू छन्।

ट्रेनिङ तथा ब्यायामको लागी कम समय खर्च गर्नुहोस् त्यसो हुदा तपाइँसँग कम एक्सपोजर हुनेछ। क्लबको न्यूनतम क्षेत्रहरू र सकेसम्म केही कम उपकरणहरू प्रयोग हुनुहोस्। उपकरणहरू टाढा राख्नुहोस, र साथिहरु बीच कम्तिमा ६ फिट दूरी कायम गर्नुपर्छ।

४ सेनिटाइज, सेनिटाइज, सेनिटाइज गर्नुहोस्


जे होस् क्लबले सुविधा र उपकरण सफाईको ख्याल राख्दछ तरपनी तपाईंले आफ्नो व्यक्तिगत सफाईको ख्याल गर्नु पर्छ। तपाईंले मास्क लगाइसके पछि र भवनमा प्रवेश गर्नु अघि हातमा सेनिटाइजर प्रयोग गर्नुहोस्; चेक-इन पछि, आफ्नो हातहरू धुनुहोस।

तपाईंले आफुलाइ चाहिने सामान (उदाहरणका लागि हात सेनिटाइजर, कीटाणुनाशक वाइपहरू) ल्याउनुहोस् र प्रयोगको अघि र पछी उपकरणहरु सधै सफा गर्नुहोस्। यदि तपाईंलाई म्याट, ब्यान्ड, स्ट्रेच स्ट्र्यापहरू, फोम रोलर वा यस्तै उच्च प्रयोगको, कडा-सफा उपकरणहरू चाहिन्छ भने, आफैंले ल्याउने गर्नुहोस गर्नुहोस् ।

५ जोखिम र विकल्पहरूको विचार गर्नुहोस्


राम्रो ब्यायाम गर्नुहोस् र तपाईंको लागि के सही छ त्यो गर्नुहोस्।

यदि तपाईं ट्रेनिङमा फर्कने बारे निश्चित हुनुहुन्न भने, अन्तर्निहित स्वास्थ्य अवस्थाहरू छन्, धेरै जसो तपाईं (सम्भवतः रोग सर्न सक्ने जोखिममा) जोसुकै व्यक्तिसँग लगातार सम्पर्कमा रहन चिन्ता गर्नुहुन्छ भने, फर्कने समय लिनुहोस्। याद राख्नुहोस , शारीरिक ब्यायामको लागि अन्य तरिकाहरू पनि छन्!

घरमा गर्न मिल्ने व्यायामका विकल्पहरू पत्ता लगाउनुहोस जो कहिलै गर्नु भएको छैन, चाहे त्यो तपाई घर वरिपरी हिड्नुहोस्, साइकल चलाउन सक्नुहोस्, व्यायाम मोबाइल एप प्रयोग गर्न सक्नु हुन्छ, वा भिडियो हेरेर ट्रेनिङ गर्न सक्नु हुन्छ वा लाइभ क्लासहरू पनि लिन सक्नु हुन्छ। तपाईंको क्लबलाई सोध्नुहोस् कि कसरी उनीहरूले व्यायामलाई निरन्तर्ता र सहयोग गर्दैछन्। तपाईं आफ्नो सोसलसाइड हरुमा भएका मित्रहरू, सहकर्मीहरू, परिवारका सदस्यहरू सङ पनि सोद्न सक्नुहुनेछ।