डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन


एजेन्सी, १० मंसिर । अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

म्याराडोनको निधन हृदयघातका कारण भएको जनाइएको छ । उनको निधन बुधबार भएको हो । मंगलबार उनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनले आफ्नो ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । 

म्याराडोनलाई सधैं सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक मानिन्छ । उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए ।