काठमाडौं, १५ कात्तिक । भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि सोनिम मानन्धर र नीता आचार्यले स्वर्ण जित्न सफल भएका हुन् । नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ ।
नेशनल कराँते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गरेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए । इन्डोनेसिया र भारतका खेलाडी तेस्रो भए ।
यस्तै पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जिते । उनले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गरेका हुन् । क्युबा र ब्राजिलका खेलाडी तेस्रो भए ।
यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरिन् । सो स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५ दशमलव ३५ अंकसहित स्वर्ण जितिन् । रुस र ब्राजिलका खेलाडी तेस्रो भए ।
यसैगरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरे । सो स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गरे । विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गर्नुभयो ।
प्रकाशित मिति २०७७ कात्तिक १५ ,शनिबार
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts:
विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बुलाई रजत पदक
- 3 months ago
इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट
- 8 months ago
इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु
- 8 months ago