करातेकी सोनी राईलाई दुबईमा जेकेए सोतोकान करातेको तेस्रो डानको उपाधी


१८ बैशाख (Sports for Nepal) — दुबईमा बिगत २ बर्ष देखी कराते प्रशिक्षण गराउदै आएकी करातेकी खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताका साथ जेकेए सोतोकान करातेको तेस्रो डानको उपाधी प्राप्त गर्न सफल भएकी छन ।  दुबईको कराते ३६५ क्लबमा आबध्द भएर कराते प्रशिक्षण गराईरहेकी सोनिलाई जापान बाट आएका कराते सेन्से शिहान कोइचिरो ओकुमाले डान प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

यस अघी नेपाल पुलीस क्लबमा आबध्द भएर ९ औं राष्ट्रिय गेममा स्वर्ण पदक, प्रथम मेयर कप २०२२ मा स्वर्ण पदक, प्रथम र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक लगायत बिभिन्न राष्ट्रिय खेलहरुमा पदक जित्न सफल भएकी थिईन ।

त्यसैगरी २०२४ मा दुबईको इकोनेमी र पर्यटन विभाग तथा दुबईका युवराज, शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूम द्वारा प्रवर्धन गरिएको दुबई फिटनेस च्यालेन्जमा कोचको भुमिका निर्वाह गर्दै सफलताका साथ कराते   प्रशिक्षण गराएकी थिईन । जहा नेपालको तर्फ बाट कराते प्रशिक्षण  गराउने उनि पहिलो नेपाली कराते कोच बन्न सफल भएकी थिईन ।