नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषद्लाई फुटबल कप्तान किरण चेम्जोङको खुल्ला पत्र


२७ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङले नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई सामाजिक सन्जाल फेसबुक मार्फत खुल्ला पत्र लेखेका छन । 

उनले मंगलबार उक्त खुल्ला पत्र लेख्दै नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई ध्यानाकर्षण गराउदै विश्वब्यापी महामारी कोरोना भाइरसका कारण लामो समय देखी बन्द भएको फूटबल लगाएत सम्पुर्ण खेलकुद गतिबिधी सबै मापदण्ड पूरा गरि पुर्ण सुचारु गर्न अनुरोध गरेका छन ।

उनले आक्रोश पोख्दै अगाडी लेखेका छन ''सधै जस्तो मारमा पर्दै आएको खेलकुद क्षेत्र तथा खेलाडिहरुलेअहिले पनि त्यस्तै मार भोग्नु पर्ने भए भने तपाईंहरुले सम्बन्धि निकाएमा बसेको के अर्थ रयो र ? खेलाडीहरु चाही सधैं काठमाण्डौको धुलोमा तपाईंहरु चाही चिलो गाडीमा! खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिसदका माननिय ज्यु हरुले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। तर यतिका महीना खेलाडी र खेलकुद कुन दुरदसामा छ भनेर एउटा भनक पनि चासोको विषय नबनाको देख्दा फूटबलमा भबिस्य खोज्ने भाइ-बैनीहरुमा कतिको असर परेको छ भने कुरा खुलस्त रुपमा देख्न सकिन्छ।''

अन्य देशहरुमा खेलकुद गतिबिधी तथा फुटबल सुरु भैसकेको उल्लेख गर्दै नेपालमा त्यसको कुनै सुरुवात नहुदा समेत खेलकुदको विषयमा बोलिदिने मान्छे नभएको जनाएका छन ।

सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देशमा भने खेलकुदको लागी बनाईएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडिओको सुटिङका लागी प्रवेश खुल्ला हुने तर फूटबल खेल्नका लागी चाही किन नहुने ? फूटबलले देशका लागि त्यती ठूलो असर पार्छ र भन्दै प्रश्न गरेका छन ।

लामो समय देखी बन्द रहेको खेल क्षेत्र अबका दिनमा सुचारु गर्नको निम्ती  आनुरोध गर्दै "आखिर कहिले सम्म नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले ? नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिरहेको देखिन। फूटबल खेलाडीले खेल्न बिर्सी सके । सरकार फूटबल राजनिती जस्तो होइन बोलेर मख्ख पर्न, फूटबलमा दिमाग लगाए  खेल्ने गरिन्छ यो चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने खेलाडिहरु ७ महिना देखि बेरोजगार भएका छन त्यसको छेतिपुर्ती कस्ले दिन्छ ?"