एस्टन भिल्ला द्वारा लेस्टर सिटी १–० ले पराजित


इंग्लिस प्रिमियर लिगको आइतबार भएको खेलमा रस बाकर्लीले इन्जुरी समयमा गरेको उत्कृष्ट गोलको मद्दतले लेस्टर सिटीलाई १–० ले हराउदै लिगमा लगातार चार खेलमा जित निकालेको हो। त्यसका साथै टोलीले लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ।

याे जितसँगै भिल्ला १२ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ ।एस्टन भिल्लाको भन्दा एक खेल बढी खेलेको एभरटन १३ अंकसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी लिभरपुल ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

बाकर्लीले किंग्स पावर स्टेडियममा २५ मिटरको दूरीबाट आकर्षक गोल गर्न सफल भएका हुन ।उनी चेल्सीबाट ऋणमा भिल्लामा आएका हुन ।

यता अर्को खेलमा टोटनहमले वेस्ट ह्यामसँग ३–३ को बराबरीमा रोकेको छ। टोटेनहमले पहिलो हाफमा ३-० को अग्रता लिएर पनि जोगाउन नसक्दा तीन अंक जोड्न चुकेको हो।