युरोपेली च्याम्पियन्स लिगबाट म्यानचेस्टर सिटी पनि बाहिरियो


युलिस्बन —  युरोपेली च्याम्पियन्स लिगमा शनिबार लियोन र  म्यानचेस्टर सिटी बिच भएको खेलमा लियोनले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ । यो सँगै उपाधिको दाबेदार पेप ग्वार्डिओलाको सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।

लियोनका खेलाडी म्याक्सवेल कोरनेटले पहिलो गोल गरेका थिए । दोस्रो हाफको मध्यमा केभिन डे ब्रुनले सिटीका लागि बराबरी गोल फर्काएर सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको थियो ।तर डेम्बेलेले ७९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुका साथै ८२ औं मिनेटमा उनले अर्को गोल पनि थपे ।

फ्रान्सेली घरेलु लिगमा सातौं स्थानमा रहेको लियोनले च्याम्पियन्स लिगमा भने राम्रो खेलिरहेको छ । मार्चएता उसले खेलेको यो दोस्रो औपचारिक खेल सङै अब भने उसले प्रतियोगिताको फाइनल पुगेको सपना बुन्न्न सक्छ र यसका लागि बुधबार बायर्न म्युनिकको सामना गर्नेछ ।

लियोनको यो जितसँगै युरोपेली च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पनि सकिएको छ । पहिलो सेमिफाइनलमा आरबी लाइपजिग ले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ ।त्यसपछि सन् २०१० को सेमिफाइनलको पुनरावृत्तिका रूपमा लियोन र बायर्न भिड्नेछन् । 

Picture sourse: france24.com