एन्फाको साधारण सभा फेरि सर्‍यो


अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा फेरि सरेको छ।

भदौ १५ मा हुने तय १९औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको एन्फाका प्रवक्ता किरण राईले जनाएका छन्। 

कोरोना भाइरसको संक्रमणको दर बढ्न थालेको र समुदायस्तरमा संक्रमणको विस्तार हुनसक्ने उच्च जोखिम भएको अवस्थामा सतर्कता अपनाउनु पर्ने भएकाले साधारण सभा स्थगित गरिएको राईले बताए।

यसअघि एन्फाले गत चैतका लागि निर्धारण गरेको साधारण सभा कोरोनाकै कारण स्थगित गरेको थियो। 

सहज भएको अवस्थामा भदौ १५ का लागि तग गरिएको साधारण सभा फेरि स्थगित गरिएको हो।

--Setopati