कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण


२० असोज, काठमाडौं । अभिनेता हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ।

सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन।

आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। आचार्यका अनुसार उनीहरूको स्वास्थ्य सामान्य रहेको छ।

‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन।

आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन।