विश्वकप छनोटमा बोलिभियालाई ब्राजिलको ५ गोल


फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार सुरुवत गर्दै शनिबार विहान सकिएको खेलमा बोलिभियालाई ५-० गोलले पराजित गर्न सफल भएको छ।

साउ पाउलो मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

ब्राजिलका मार्किन्होसले १६ मिनेटमा सिक्स यार्डमा प्राप्त अवसरलाई हेडमार्फत पहिलो गोल गरे। उनले  डानिलोको पासमा उक्त गोल गरेका हुन। त्यसैगरी ३० मिनेटमा रोबर्टो फिर्मिनोले ब्राजिलको अग्रता दोब्बर पारे। डिफेन्डर रेनाल लोडीको पासमा उनले सहज गोल गरे।

दोस्रो हाफको चौथौ मिनेटमा फिर्मिनोले पुन गोल गर्दा ब्राजिलको अग्रता ३-० मा पुर्‍यो। उनलाई दोस्रो गोल गर्न नेइमारले पास उपलब्ध गराए। त्यस्तै ६८ मिनेटमा बोलिभियाका कारास्कोले आफ्नै पोस्टमा गोल गर्दा ब्राजिलको अग्रता ४-० मा पुग्यो। 

आक्रामक रहेको ब्राजिलले ७३ मिनेटमा फिलिप काउटिन्होले पाँचौ गोल गर्न सफल भए। उनले पनि नेइमारको पासमा गोल गरेका थिए।